प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं, ४ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।

म्याग्दीमा मतगणनास्थल तयार
म्याग्दी, ४ मङ्सिर (रासस) ः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा मतगणनास्थल तयार पारिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिसीटिभी क्यामेरा र तारजालीसहितको मतगणनास्थल बनाइएको हो । मतगणनास्थलको सबै दृष्य क्यामराले कैद गर्ने र गणकबाहेक अन्यको पहुँच नहुने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।

मतगणनास्थलमा सुरक्षा पोष्ट, उम्मेद्वार र दलका प्रतिनिधि तथा मिडिया कक्षका लागि छुट्टै कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । गणनास्थलमा सिसीटिभी क्यामरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

मतगणना हुने ठाउँमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन् भनेर तारजाली लगाइएको हो । मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको छ । कोही फड्किएर मतपत्र भेट्न सक्दैनन् ।

मतदानस्थलबाट मतपेटिका सङ्कलन पनि जिल्ला समन्वय समितिकै सभाहलमा गरिने भएको छ । बयासी मतदानस्थलमा एक सय १९ मतदान केन्द्र रहेको जिल्लामा ८६ हजार मतदाता छन् । सबै मतदान केन्द्रमा बुथ निर्माणलगायत सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो ।

आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।