धनकुटामा समानुपातिक तर्फ एमाले अगाडि

धनकुटा,६ मंसिर । धनकुटा प्रतिनिधि सभा र प्रदेश सभा तर्फको समानुपातिक मतपरिणाम अनुसार पनि एमालेले अग्रता लिएको छ ।

एमालेले प्रतिनिधि सभा तर्फ पछिल्लो विवरण अनुसार ५ हजार ८ सय ६२ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ हजार ३ सय ९८,जनता समाजवादी पाटीले १ हजार ३ सय २१, नेकपा माओवादी केन्द्रले ९ सय ३० मत प्राप्त गरेको छ ।

त्यस्तै प्रदेश सभा तर्फ एमाललेले ६ हजार २ सय ६२ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ हजार ९ सय २९ जनता समाजवादी पाटीले ९ सय ५६ , नेकपा माओवादी केन्द्रले ९ सय १५ मत प्राप्त गरेको छन् ।

यो पनि…
मोरङ–६ मा डा कोइराला र ४ मा मोदीको अग्रता निरन्तर
मोरङ, ६ मङ्सिर (रासस) : मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सात हजार तीन सय ६७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार तीन सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले आठ सय ६४ प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले दुई हजार आठ सय २६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले दुई हजार एक सय १३ र राप्रपाका हिरा भट्टराईले एक हजार छ सय ५४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १५ हजार आठ सय १३ मतगणना भएको छ ।

यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले सात हजार एक सय ९९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । एमालेका विनोदप्रसाद ढकालले चार हजार नौ सय ६७ र राप्रपाका रवि रिजालले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १३ हजार नौ सय १८ मतगणना भएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनका तर्फबाट नेकांका गुरुराज घिमिरेले पाँच हजार एक सय ६८, एमालेका जयप्रकाश चौधरीले चार हजार तीन सय ४९ र राप्रपाका आशनारायण माझी थारूले आठ सय ११ मत ल्याउनुभएको छ । यस क्षेत्रमा ११ हजार चार सय ६७ गणना भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।