धनकुटामा प्रदेश सभा क्षेत्र नं १ मा एमालेका निरन राई ४ हजार १ सय २३ मतका साथ अग्रता कायमै

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं १ तर्फ नेकपा(एमाले) का निरन राईले ४ हजार १ सय २३ मत ल्याउंदै अग्रता कायम राखेका छन् ।

त्यसैगरि संघिय समाजवादीका रकम चेम्जोंगले २ हजार ८ सय १९ मत र नेकपा(एस) का अर्जुन राईले १ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

यो पनि…

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?
काठमाडौँ, ६ मङ्सिर (रासस) :आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार सात सय ४७, जनता समाज पार्टीले चार हजार १७ र अन्यले आठ हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।

यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ तीन हजार नौ सय ५०, एमालेले तीन हजार नौ सय २४, जनमत पार्टीले तीन हजार पाँच सय ७४, माओवादी केन्द्रले एक हजार नौ सय ४४, जसपाले एक हजार नौ सय २५ र अन्यले पाँच हजार चार सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ ११ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार सात सय ८६, राप्रपाले सात हजार एक सय ५०, माओवादी केन्द्रले पाँच हजार एक सय ६७, नेपाल मजदुर किसान पार्टीले चार हजार एक सय ९६ र अन्यले तीन हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा एमालेले प्रदेशसभातर्फ १९ हजार सात सय ८९, कांग्रेसले १४ हजार एक सय ४९, माओवादी केन्द्र चार हजार तीन सय ५७, राप्रपा तीन हजार आठ सय २०, हाम्रो नेपाली पार्टी एक हजार सात सय १८ र अन्यले तीन हजार ६ सय ९६ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले प्रदेशसभातर्फ २५ हजार एक सय २९, कांग्रेसले १७ हजार चार सय ७४, माओवादी केन्द्रले नौ हजार दुई सय ४३, राप्रपाले पाँच हजार सात सय १३, नागरिक उन्मुक्ति पार्टीले तीन हजार चार सय ७४ र अन्यले आाठ हजार नौ सय ४५ मत प्राप्त गरेका छन् । यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभातर्फ माओवादी केन्द्रले तीन सय ४३, एमालेले एक सय ७९, राप्रपाले ७०, हाम्रो नेपाली पार्टीले ६ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणाम बारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।