धनकुटा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको अग्रता कायमै,पछ्याउंदै एमाओवादीका श्रेष्ठ
धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले ३ हजार ९ सय १ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा गछबन्धनबाट नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ३ हजार १ सय ७२ मत प्राप्त गरेका छन् ।
त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम बहादुर गुरुंगले ३ सय ९८ ,स्वतन्त्र उम्मेदवार वालनन्द दाहालले ३ सय ५०,जनता समाजवादी पार्टीका डम्बर बहादुर कटुवालले ३ सय ६,स्वतन्त्र जितेन्द्र राईले ५४ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोम बहादुर घिसिंग तामांगले ३६ मत प्राप्त गरेका छन् ।
यो पनि…
काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौँ, ६ मङ्सिर (रासस) : नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो ।
पोखरेल भने दश हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गर्नुभयो ।
उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला हुनुहुन्थ्यो । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ हुनुहुन्थ्यो ।


