धनकुटामा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको अग्रता कायमै

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले ४ हजार २ सय २९ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा गछबन्धनबाट नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ३ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम बहादुर गुरुंगले ४ सय ७८,स्वतन्त्र उम्मेदवार वालनन्द दाहालले ३ सय ७१,जनता समाजवादी पार्टीका डम्बर बहादुर कटुवालले ३ सय ४७,स्वतन्त्र जितेन्द्र राईले ६१ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोम बहादुर घिसिंग तामांगले ३९ मत प्राप्त गरेका छन्

यो पनि…
मोरङ–३ मा शर्मा अगाडि
पथरी, ६ मङ्सिर (रासस) :मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिनुभयो ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा डा सुनील शर्माको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रेखा थापाले नौ सय छ मत प्राप्त गर्नुभएको छ ।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।

प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै मोरङ–३ (१) मा मानबहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका लिम्बुले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाउनुभएको छ भने राप्रपाका तीर्थबहादुर गुरुङले एक सय १० मत प्राप्त गर्नुभएको छ ।

मोरङ–३ (२) मा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ ।सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।