धनकुटामा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका पराजुलीको ४ हजार ९ सय २७ मतका साथ अग्रता कायमै
धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुलीले ४ हजार ९ सय २७ मत ल्याउंदै अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्दीको रुपमा गछबन्धनबाट नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ३ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम बहादुर गुरुंगले ५ सय ८ मत प्राप्त गरेका छन् ।
यो पनि,,,
धनकुटामा एमालेका राई ८ हजार ४ सय ६८ मतका साथ अग्रता कायमै
धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले ८ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले ७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका आराम कुमार लिम्बुले ४ सय १६,राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले २ सय ८१,मंगोल नेशनल अर्गनाइजेसनका विश्वमित्र लावतीले ४६र एकिकृत शक्ति नेपालका रमेश राईले २० मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
M


