धनकुटामा संघ, प्रदेश मै एमालेको जीत सुनिश्चित
धनकुटा,८ मंसिर । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको धनकुटामा प्रतिनिधि सभा तथा प्रदेशसभा दुवैमा नेकपा एमालेका उम्मेदवारहरुको जीत सुनिश्चत भएको छ ।
प्रतिनिधि सभा तर्फको मतगणना जारी रहे पनि नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राईले जित्ने पक्का भएको छ । त्यस्तै प्रदेश सभा क मा निरेन राईको जित सुनिश्चित छ भमे ख मा इन्द्रमणी पराजुलीको बिजयी सुनिश्चित भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले भने औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।
यो पनि…
पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित
मिक्लाजुङ, ८ मङ्सिर (रासस) ःपाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ ।
प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उहाँ दोस्रो पटक विजयी हुनुभएको हो । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र उहाँका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् ।
जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री पनि हुनुहुन्छ ।
उहाँ यस पटक माओवादी केन्द्र, कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवार हुनुहन्थ्यो । उपविजेता एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ २०७० सालमा तत्कालीन नेकपा (माले)का तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित हुनुभएको थियो ।


