धनकुटाबाट विजयी एमालेका राईले यसरी दिए सबैलाई धन्यवाद
धनकुटा । धनकुटाबाट प्रतिनिधि सभामा नेकपा एमालेका राजेन्द्र कुमार राई १ हजार ३ सय ९७ मतान्तरले विजयी भएका छन् ।
राईले ३० हजार १ सय १ मत ल्याउंदा वहांका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल बहादुर थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका छन् ।
जितपछि फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई राईले धन्यवाद दिएका छन् । राईले लेखेका छन् –
हार्दिक धन्यवाद
आफ्नो अमूल्य मत दिएर बिजयी गराउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । विजयी गराउँन भूमिका निर्वाह गर्नुहुने पार्टी पंक्ति एवं आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी प्रति आभारी छु । निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, सञ्चारकर्मी, विभिन्न संघसंस्थासहित सबैमा धन्यवाद ज्ञापन गर्दछु । यो जित मेरो मात्र हैन, सम्पूर्ण धनकुटेली जनताको जित हो । मलाई विश्वास गरेर पुनः धनकुटाको विकास र समृद्धिको अभियानमा सेवा गर्ने जिम्मेवारी दिनुभएको छ, यो जिम्मेवारी सदैव इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु, धन्यवाद ।



