धनकुटामा प्रदेशसभा तर्फ दलहरुले समानुपातिकमा पाएको मत विवरण सहित

धनकुटा,९ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा अन्र्तगत धनकुटामा प्रदेशसभा तर्फ समानुपातिकको अन्तिम विवरण सार्वजनिक भएको छ ।

जस अनुसार नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी २९७६५, नेपाली काँग्रेस १९५७४, एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा ३९९१, जनता समाजवादी पार्टी, नेपाल ३२३७, राष्ट्रिय प्रजातन्त्र पार्टी २६५६, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २१९७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १००३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ८९२ मत प्राप्त गरेको छ ।

त्यसैगरि हाम्रो नेपाली पार्टी २०९, मंगोल नेशनल अर्गनाइजेशन २०१, नेपाल कम्युनिष्ट पार्टीमार्क्सवादी लेनिनवादी १६०,नेश्‍नलिष्ट पिपल्स पार्टी १५४, जनमत पार्टी१४५,नेपाल लोकतान्त्रिक पार्टी ९८,आमूल परिवर्तन मसिहा पार्टी नेपाल ९७, नेपाली जनता दल ६७, एकल चिन्ह बच्चा काखमा लिएकी आमा ५१, एकल चिन्ह गितार ३५, जनसमाजवादी पार्टी नेपाल ३३,राष्ट्रिय जनमुक्ति पार्टी ३०, जनजागरण पार्टी नेपाल ३० , नेपाली काँग्रेस बी.पी २८ मत प्राप्त गरेका छन् ।

त्यसैगरि नेपालका लागि नेपाली पार्टी २७, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १६, विवेकशील साझा पार्टी १६, नागरिक उन्मुक्ति पार्टी १५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १५,मौलिक जरोकिलो पार्टी १३,नेपाल मजदुर किसान पार्टी ११,नेपाल कम्युनिष्ट पार्टी ९, नेपाल जनता पार्टी ८, किरात खम्बुवान साझा पार्टी ७,नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी ६,बहुजन शक्ति पार्टी २, नेपाल संघीय समाजवादी पार्टीले २ मत प्राप्त गरेका छन् ।

यो पनि …
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने
चितवन, ९ मङ्सिर (रासस) :राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।” कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २(२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।