पाख्रिबासमा एमालेको विजयी सभा(फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रिबासमा नेकपा (एमाले) ले विजय सभा सम्पन्न गरेको छ ।

निर्वाचन परिचालन कमिटी,पाख्रिबास धनकुटाको आयोजना सम्पन्न सभामा प्रतिनिधिसभा सदस्य तर्फ विजयी राजेन्द्र कुमार राई , प्रदेशसभा (१) मा विजयी निरन राई र प्रदेशसभा (२) मा विजयी ईन्द्रमणि पराजुली लगायतकाले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा तर्फ राईले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल बहादुर थापालाई पराजित गरेका हुन् । राईले थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गरेका हुन् । राईले ३० हजार १ सय १ मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत ल्याएका थिए ।

प्रदेशसभा (१) मा एमालेका निरन राईले नेकपा(एस) का अर्जुन कुमार राईलाई पराजित गरेका थिए । निरन राईले १७ हजार १८ मत प्राप्त गर्दा नेकपा(एस) का अर्जुन कुमार राईले १० हजार २ सय २६ मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा नेकपा एमालेका पराजुलीले नेकपा माओवादीका कुसुम कुमारी श्रेष्ठलाई पराजित गरेका थिए । पराजुलीले १५ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएका थिए ।

हेर्नुस् तस्बीरमा विजय सभा-


तस्बीर स्रोत :सावित्रा राई

यो पनि…
किसानले धानको उचित मूल्य पाउन सकेनन्
देउखुरी, दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

घोराही उपमहानगरपालिका–६ का बिमल चौधरीले दुई बिघा जमिनमा धान खेती गर्नुभएको छ । उहाँँको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गर्नुभएको थियो । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उहाँले बताउनुभयो । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताउनुभयो ।

“महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गए जस्तो हुन्छ”, उहाँले भन्नुभयो ।

यस्तै लमही नगरपालिका–५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल रु दुई हजार एक सयमा स्थानीय व्यापारीलाई बेचेको बताउनुभयो । समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उहाँले बताउनुभयो । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गर्नुभयो ।

लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार एक सय र मसिनो धान प्रति क्विन्टल रु दुई हजार पाँच सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताउनुभयो । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उहाँले बताउनुभयो । गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रति क्विन्टल रु दुई हजार नौ सय ६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय १५ बढी हो ।

त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल रु तीन हजार एक सय २८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय २६ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताउनुभयो । पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।