लोकतान्त्रिक बाम गठबन्धन धनकुटाद्वारा सम्पूर्ण मतदातालाई धन्यवाद !
धनकुटा । लोकतान्त्रिक बाम गठबन्धन धनकुटाका उम्मेदवालाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।
लोकतान्त्रिक बाम गठबन्धन मूल निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले विज्ञप्ती प्रकाशित गर्दै जिल्लाका मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।
निर्वाचन परिणामलाई स्विकार गर्दै अझ निरन्तर रुपमा पार्टी संगठन विस्तार र सुदृढीकरणको पक्षमा लाग्न सभापति राईले अपील धनकुटाको विकास र समृद्धीका पक्षमा सधै जनताका साथमा रहने समेत वताउनुभएको छ ।
साथै निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न खटिएका मुख्य निर्वाचन अधिकृत,सम्पूर्ण कर्मचारी,सुरक्षाकर्मी, पत्रकार, गठबन्धनको पक्षमा अहोरात्र खटिएका साथीहरु , पार्टीका जिल्ला,प्रदेश सभा क्षेत्रिय कार्य समिति,पालिका,वडा र टोल समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्था सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको सचिव विजय सन्तोषी राईले जानकारी गराउनु भएको छ ।
धनकुटाबाट प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य पूर्व मन्त्री सुनिल वहादुर थापा, प्रदेश सभा क्षेत्र नं (१) मा नेकपा एकिकृत समाजवादी पार्टीका अर्जुन राई र प्रदेश सभा (२ ) मा नेपका माओवादी केन्द्रका कुसुम कुमारी श्रेष्ठको उम्मेद्धारी थियो ।



