जितको खुसी साट्न मन्त्री कार्की सम्पन्न बस्तीमा

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सम्पन्न बस्ती पुगेर स्थानीय ऋषिदेव समुदायँग आर्शिवाद लिनु भएको छ ।

विराटनगर–१२ मा मन्त्री कार्कीको पहलमा १४५ घर निर्माणाधीन छन् । मन्त्री कार्की नेपाली कांग्रेसबाट प्रदेश निर्वाचन क्षेत्र मोरङ ६ ‘ख’ बाट निर्वाचित हुनु भएको हो ।

आज बस्ती पुग्नु भएका कार्कीले ऋषिदेव समुदायका अग्रहरुसँग भेट गरी आर्शिवाद लिनु भएको छ । मन्त्री कार्कीले स्थानीय ऋषिदेव समुदायका ज्येष्ठ नागरिकको आर्शिवाद लिँदै भन्नुभयो,“म तपाईहरुकै आर्शिवाद र भोटले निर्वाचित भएको हुँ ।

म अनियमितता गर्दिन तपाईंहरुको प्रतिनिधि भएर देश र जनताको विकासमा खटिने छु ।” कार्कीले यो जित विपन्न र भुइँमानिहरुको भएको भन्दै ज्येष्ठ नागरिकहरुलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने संकल्प पनि गर्नुभयो ।

कार्कीले विपन्नहरुको नभएर यो बस्ती सम्पन्नहरुको हुने बताउँदै सुकुम्बासी भनेर गरिने अवहेलनाविरुद्ध आफू सदैव सक्रिय हुने बताउनु भयो । त्यस अवसरमा ज्येष्ठ नगारिकहरुले मन्त्री कार्कीलाई आर्शिवाद दिँदै सदैव जनसेवामा इमान्दार भएर लाग्न आग्रह गरे ।

कार्की निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।