धनकुटा बजार र हिले बजारमा नेकपा एमालेको विजयी र्यालि तथा सभा
धनकुटा । धनकुटा बजार र हिले बजारमा नेकपा एमालेले विजयी र्यालि तथा सभा सम्पन्न गरेको छ ।
हिलेबजारका मतदाता तथा कार्यकर्ता संग प्रतिनिधिसभा सदस्य तर्फ विजयी राजेन्द्र कुमार राई , प्रदेशसभा १का विजयी निरन राई र प्रदेशसभा २ मा विजयी ईन्द्रमणि पराजुली , समानुपातिक उम्मेदवार तारा तितुङ ,जिल्ला पार्टी उपाध्यक्ष एवम निर्वाचन परिचालन कमिटीका संयोजक चिन्तन तामाङ लगायतकाले बधाई तथा शुभकामना ग्रहण गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
यस्तै उनिहरुले धनकुटा बजारको विभिन्न वडा टोलमा पुगेर बधाई तथा शुभकामना लिंदै मतदाता ,नेताकार्यकर्तालाई धन्यवाद दिदै निर्वाचनको समयमा बोलेका प्रतिवद्वता पूरा गर्ने बताउदै जनताको शासक होईन सेवक वनेर काम गर्ने प्रतिवद्वता जनाएका छन् ।


