प्रतिनिधि सभा धनकुटाका उमेद्धार थापाले यसरी दिए मतदाताहरुलाई धन्यवाद
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा प्रतिनिधि सभा धनकुटाका उमेद्धार सुनिल वहादुर थापाले मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रतिनिधि र प्रदेश सभाको हालै सम्पन्न निर्वाचनमा धनकुटा जिल्लाबाट पूर्व मन्त्री थापाले प्रतिनिधि सभामा र प्रदेश सभाहरुमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुहुने धनकुटावासी मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नु भएको हो ।
उहाँले विज्ञप्ती प्रकाशित गरी धनकुटा जिल्लाका सवै मतदाताले आफ्नो पार्टीले उठाएको धेरै परिवर्तन कार्य,विकास निर्माण कार्य,आत्मनिर्भर धनकुटा र सम्मानित नागरिक बनाउने महान लक्ष र दैनिक सरोकार,सुख दुस्खमा सहकार्य गर्ने उदेश्य,आतंक मुक्त धनकुटा र आर्थिक रुपान्तरणको अभियानलाई समर्थन गरि लोकतान्त्रिक गठबन्धनका लागि प्रतिनिधि सभा आफुलाई रुख चिन्हमा,प्रदेश सभा विर्नाचन क्षेत्र नं १९क० का उम्मेदवार अर्जुन राईलाई कलम चिन्हमा र प्रदेश सभा निर्वाचन क्षेत्र नंं २ ९ख० का उम्मेदवार कुसुम कुमारी श्रेष्ठलाई गोलाकार भित्रको हसिया हतौडामा मतादान गर्नु भएकोमा धन्यवाद भन्नु भएको छ ।
उहाँले आगामी दिनमा धनकुटेली जनताको निरन्तर सहयोग र सद्भावको पूर्ण अपेक्षा गरेको समेत विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने धनकुटा जिल्लाका मुख्य निर्वाचन अधिकृत,मुख्य निर्वाचन अधिृकत, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार समेतलाई धन्यवाद गर्नुभएको छ ।
पूर्व मन्त्री थापाले आफु निर्वाचनमा पराजित भए पनि धनकुटेलीहरुकै विश्वास र भरोसाका साथ आगामी दिनहरुमा पनि निरन्तर रुपमा जिल्लाको विकास र समृद्धीका लागि सधै संगै रही रहने विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
त्यसैगरी पूर्व मन्त्री थापा सहित प्रदेश सभा क र ख का उम्मेदवारहरुले जिल्लाको सात वटै पालिकामा गई प्रत्यक्ष रुपमा मतदाताहरुसंग भेटघाट गरी धन्यवाद दिने कार्यक्रम तय भएको नेपाली कांग्रेस धनकुटाका सचिव तथा लोकतान्त्रिक बाम गठबन्धन धनकुटाका सदस्य सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।



