धनकुटाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले सातै पालिकामा पुगेर मतदातालाई भेट्दै, धन्यवाद दिंदै
धनकुटा । धनकुटाबाट नवनिर्वाचित जनप्रतिनिधीहरुले मतदातालाई भेट्दै सातै पालिकामा पुगेर धन्यवाद दिने अभियान संचालन गरिरहेका छन् ।
जिल्लाको पालिकाको चोक चोकमा पुगेर जनतासँग शूभकामना र धन्यवाद आदान-प्रदान गरिरहेका छन् ।
सोहि क्रममा सोमवार महालक्ष्मी नगरपालिकाले आयोजना गरेको धन्यवाद सभा तथा जनता संग भेटघाट गर्दै प्रतिनिधिसभा सदस्य तर्फ विजयी राजेन्द्र कुमार राई , प्रदेशसभा १ का विजयी निरन राई र प्रदेशसभा २ मा विजयी ईन्द्रमणि पराजुली , समानुपातिक उम्मेदवार तारा तितुङ ,जिल्ला पार्टी उपाध्यक्ष एवम निर्वाचन परिचालन कमिटीका संयोजक चिन्तन तामाङ लगायतकाले बधाई तथा शुभकामना ग्रहण गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा महालक्ष्मी नगरपालिका बिकास र उन्नतीमा सधै भरी जनता संग रहने प्रतिबद्धता समेत गरेका छन् साथै जनताको अभिमतलाई सधै उच्च कदर गर्दै शासक होइन सेवक बनेर निर्वाचन अघि गरेका बाचा पूरा गर्ने प्रतिवद्वता जनाएका छन् ।
धनकुटाबाट निर्वाचित जनप्रतिनिधिहरुले सातै पालिकाको जनता मतदाता संग भेटेर धन्यवाद दिने अभियान तय गरि निरन्तर जनता संग भेटघाट गरिरहेको छ । यो क्रम मंसिर १६ गते सम्म सञ्चालन हुने नेकपा एमाले धनकुटाले जनाएको छ ।


