हामी हाम्रो प्रतिबद्धता पूरा गर्न सधैं तपाईंहरुको साथमा रहने : राजेन्द्र कुमार राई

धनकुटा । नेकपा एमाले छथरजोरपाटी गाउँ कमिटी धनकुटाले विजयी र्यालि तथा मतदातालाई धन्यवाद सभा सम्पन्न गरेको छ ।

सभामा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई ,क्षेत्र नं २ का प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले बिजयी गराईदिनु भएकोमा मतदाताहरुलाई धन्यवाद दिदै हामी हाम्रो प्रतिबद्धता पूरा गर्न सधैं तपाईंहरुको साथमा रहने बताएकाछन् ।

पार्टीका जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी धनकुटाको संयोजक चिन्तन तामाङ, निर्वाचन क्षेत्र नं क का प्रदेश सभा सदस्य निरन राई ,समानुपातिक उम्मेदवारहरु शिव आङ्ला , तारा तितुङ , प्रदेश, जिल्ला र पालिकास्तरीय नेताहरुको सहभागीता रहेको थियो ।

यो पनि…
एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर
काठमाडौँ, १३ मङ्सिर (रासस) : नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन ग¥यौँ । देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीरताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस ग¥यौँ ।” बैठकमा देशभरिबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

“देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ”, उहाँले भन्नुभयो । बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ । अध्यक्ष नेपालले अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको बताउनभुयो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला भेलामार्फत निर्वाचनको समीक्षा गरिने बताउनुभयो । निर्वाचनबाट प्राप्त परिणाम सन्तोषजनक नभए पनि गठबन्धनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ ।

“निर्वाचनमा जेजस्तो मत परिणाम प्राप्त ग¥यौँ । त्यो हामीले सोचेजस्तो छैन”, उहाँले भन्नुभयो, “तर सोचेजस्तो छैन भन्दैमा, गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार आगामी दिनमा सहकार्य गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो । निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन । केही स्थानमा निर्वाचन हुनै बाँकी छ । केही स्थानमा विवाद छन् ।

“समानुपातिक मत परिणामबाट राजनीतिक दलहरुले प्राप्त गर्ने सिट सङ्ख्याका आधारमा संसद्को समीकरणमा तलमाथि हुनसक्छ । सरकार गठनको अवस्थाका बारेमा आज हामीले छलफल गरेनौँ”, उहाँले भन्नुभयो, “संसद्को गणित निश्चित हुनुप¥यो । सरकार कस्तो बन्छ भन्ने कुरा पहिले टुङ्गिनु प¥यो । सरकार बन्दा त्यसका नीति कार्यक्रम पाँच वर्षसम्म जान सक्ने सम्भावनाका बारेमा हेरेर मात्रै अन्य विषयमा छलफल गर्न सकिन्छ ।”

सरकारमा सहभागी हुने आधार र वातावरण तयार भएपछि मात्रै यस विषयमा छलफल हुने उहाँको भनाइ छ । “सरकारमा सहभागी हुने विषयमा आज कुनै निर्णय भएन”, प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।