धनकुटामा पनि आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

सुन्दरहरैँचा, १४ मङ्सिर । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो ।

विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न आर्थिक सहयोग पुगोस् भन्ने उदेश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । आश्रमका लागि आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उक्त आश्रममा हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा विराटनगरको उक्त आश्रममा भने ९० पुरूष, ६५ महिला र पाँच बालबालिका गरी एकसय ६० आश्रित छन्।

मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ । फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो छुट्टै परिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरणे भइरहेको श्रमका अभिभावक प्रविण खड्काले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।