सहिदभूमिमा पशुमा देखा परेको लम्पी स्किन डिजिज रोग जस्तो लक्षण देखिएका बिरामी पशुहरुको नमुनाको ल्याब परिक्षण गरिने
धनकुटा,१४ मंसिर । धनकुटाको सहिदभूमिमा गाउँपालिका वडा नं २ अखुवाटारमा पशुमा लाग्ने लम्पी स्किन डिजिज रोग जस्तो लक्षण देखिएका बिरामी पशुहरुको नमुनाको ल्याब परिक्षण गरिने भएको छ ।
भेटेनरी अस्पताल तथा पशू सेवा विज्ञ केन्द्र धनकुटा र गाउँपालिकामा रहेको पशुशाखाको टोलीले भोलि त्यस क्षेत्रका विरामी पशुहरु मध्ये बाट नमुना लिई परिक्षणका लागि विराटनगर पठाउँने तयारी भई रहेको भेटेनरी अस्पताल तथा पशू सेवा विज्ञ केन्द्र धनकुटाका सुचना अधिकारी पुष्प दाहालले जानकारी दिनु भयो ।
प्रदेश न १ मै यो रोग देखि परेको तर नमुनाको ल्याव परिक्षण गरे पछि सबै कुरा थाहा हुने दाहालको भनाई छ ।
उहाँका अनुसार पशुको छालामा देखिने रोग किर्ना ,झिगा, भुसुनाको माध्यमबाट सर्ने भएकाले विशेष साबधानीका अपनाउनु पर्ने भए पनि आतिनु पर्ने अवस्था भने हुदैन ।
लम्पी स्किन डिजिज रोग जस्तो लक्षण देखिएको भन्दै हिजो धनकुटा खबरले समाचार संप्रेषण गरेको थियो ।


