आफु सधैं धनकुटेली जनताको सेवामा निरन्तर क्रियाशिल रहने : सुनिल थापा

धनकुटा । नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पदान समितिका सदस्य पूर्व मन्त्री तथा प्रतिनिधि सभा धनकुटाका उमेद्धवार सुनिल वहादुर थापाले आफु सधैं धनकुटेली जनताको सेवामा निरन्तर क्रियाशिल रहने बताउनु भएको छ ।

मंशिर ४ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेद्धारहरुलाई भोट दिएर सहयोग गर्ने मतदाताहरुलाई गाउगाउँमा पुगेर धन्यवाद दिने क्रममा उहाँले त्यस्तो बताउनु भएको हो ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले आज सम्म धनकुटा नगरपालिका लगायत प्रदेश सभा (ख) का गाउँगाउँमा पुगेर मतदाताहरुलाई धन्यवादन ज्ञापन गरेका छन् ।

यसअघि विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेका उनिहरुले अहिले धनकुटा नगरपालिकामा नगर स्तरीय कार्यक्रम गरी धन्यवाद दिएका हुन् । त्यस्तै धनकुटाको प्रदेश सभा(ख)को छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिकाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापती दिनेश राई,लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा (ख) का प्रत्यक्ष उम्मेदवार कुसुम कुमारी श्रेष्ठ,माओवादी केन्द्र समानुपातिक उम्मेदवार विष्णु माया कन्दङ्वा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, पूर्व महासमिति सदस्य असित नरसिंह थापा, यूवा नेता मदन घिमिरे, कुमार थापा लगायतले समेत जिल्लाको विकास र समृद्धीका लागि आफुहरु क्रियाशिल हुने वताएका छन् ।

सोही क्रममा सभापति राईले टोल, वडा, पालिका र क्षेत्रिय स्तरमा निर्वाचनको मिहिन तरिकाले समिक्षा गरी प्रतिवेदन पठाउन निर्देशन दिनु भएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभाका उम्मेदवार र कांग्रेसले मंशिर १५ र १६ गते प्रदेश सभा (क) को सहिदभूमी, सागुरीगढी र चौविसेमा पुगेर मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम रहेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा लोकतान्त्रिक बाम गठबन्धन धनकुटाका सदस्य सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖