धनकुटाबाट नवनिर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरू मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा
धनकुटा । धनकुटाबाट नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरू मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुगिरहेका छन् ।
बुधबार सहिदभुमि गाउँपालिकाको ५ ,४ वडा र पालिकाको पिप्ले बजारमा आयोजना गरिएको धन्यवाद सभामा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदाताहरूलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचित राजेन्द्र कुमार राई , प्रदेश सभा (क) बाट निर्वाचित निरन राई , प्रदेश सभा (ख)बाट निर्वाचित ईन्द्रमणी पराजुलीले मतदातालाई धन्यवाद दिदै चुनावको समयमा आफूहरूले गरेको बाचा पूरा गर्ने बताएकाछन् ।
सडक पूर्वाधार क्षेत्रमा, शिक्षा, स्वास्थ्य कृषि, खानेपानीको क्षेत्रमा विकास गर्ने बताए । साथै आफुहरुलाई आत्याधिक मतसहित विजय बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् ।
यस्तै नेकपा एमाले पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य गणेश राई , पार्टीका जिल्ला उपाध्यक्ष निर्वाचन परिचालन कमिटी धनकुटाका संयोजक चिन्तन तामाङले सम्पूर्ण मतदातालाई धन्यवाद दिदै निर्वाचित जनप्रतिनिधिहरुले जनताको चाहनाअनुसार विकासका काम गर्ने बताएका थिए ।
धन्यवाद सभामा पार्टीका उपसचिव सुस्मा किराँती , समानुपातिक उम्मेदवार तारा तितुङ , पार्टीका स्कुल विभाग प्रमुख मनोज राई लगायत प्रदेश ,जिल्ला र पालिका ,वडा स्तरीय नेताहरूको सहभागीता थियो ।


