सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी, १५ मङ्सिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा
काठमाडौँ, १५ मङ्सिर (रासस) :नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

“मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उहाँले भन्नुभयो, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताउनुभयो ।

“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।