धरान घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग
धनकुटा,१५ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका घर भई धरान १३ मा बस्दै आएकी एकल महिला उषा राईको जागरन आमा समुहको नि’र्घात कु’टपिटबाट भएको ह’त्याको मानव अधिकारका लागि महिला एकल महिला समुह प्रदेश न १ कार्यसमितीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
समुहका अध्यक्ष मिनाकुमारी राई र सचिव शोभा दाहालद्धरा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ मानव अधिकारको हिसावले यो प्रवृति दानविय भएको भन्दै घटनाको सत्य तथ्य पत्तालगाई दोषीलाई कारबाहीको माग गरिएको छ ।
कु’टपिटबाट घाइते भएकी राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भएको थियो ।

यो पनि…
लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’
सिमकोट, १५ मङ्सिर (रासस)ः हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो ।
केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण रम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम सिमकोट नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ ।” बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वतिकलगायत खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन् ।”
हुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदैछ । पाँच छ वर्ष पहिले काठले बनाइएको दुनेडीमा विशेषगरी तोरी, ढटेलो, चुली, खाँबु, ओखरलगायत पेलिन्थ्योे तर अहिले यिनको प्रयोग देखिन छोडेको छ । यी फलबाट दुनेडीमा महिलाले दुई हातले पिसेर तेल निकाल्थे । यसैगरी बाठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि स्थानीयवासीले दुनेडीलाई बेवास्ता गर्दै आएको सर्केगाड गाउँपालिका–७ निवासी भक्तबहादुर ऐडीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भनेका बेलामा जहाँ पनि तेल पाइन्छ, दिनभरिको मेहनत लगाएर कसले दुनेडी प्रयोग गर्छन् ? अब तेलका लागि दुनेडी लोप हँुदै गएकामा यहाँका बूढापाका चिन्तित छन् । हुम्लालगायत पहाडी जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो घट्न थालेको छ ।
कुनै समय आधाभन्दा बढी समय तेलहन बालीमै बिताउने यहाँका बासिन्दा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि यो खेती छोडेको चङ्खेली गाउँपालिकाकी अनुरुपा बुढाले बताउनुभयो ।
केही वर्षअघिसम्म यस्ता दुनेडीको प्रयोग प्रत्येकको घरमा हुनेगरेकामा पछिल्लो समय हराउँदै गएको छ । यहाँका केही पुराना बुढापाखाले मात्रै दुडेनी बनाने गरे पनि युवापुस्तामा भने यसलाई बचाइ राख्न रुचि नभएको पाइन्छ । जति मूल्य परे पनि बजारमा पाउने प्याकेटका तेल खरिद गर्न तयार हुने गरेकाले उनीहरुमा यो पेशालाई जोगाइ राख्न जागरुकता नभएको पाइन्छ । अहिले काठले बनाइएको दुनेडी कमैको घरमा मात्रै देखिने गरेकाले युवा पुस्तालाई दुनेडी बनाउनसमेत आउँदैन ।


