धनकुटामा आफुलाई मत दिएर बिजयी बनाउने मतदातालाई धन्यवाद दिन पालिकाहरुमा पुग्दै नवनिर्वाचित जनप्रतिनिधि

धनकुटा । धनकुटाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले जिल्ला ईन्चार्ज राजेन्द्र कुमार राई , जिल्ला पार्टी अध्यक्ष प्रदेश सभा सदस्य नवनिर्वाचित निर्वाचन क्षेत्र नं ख ईन्द्रमणी पराजुली , पार्टीका जिल्ला सचिव प्रदेश सभा सदस्य निर्वाचित क्षेत्र नं क निरन राई अहिले आफुलाई मत दिएर बिजयी बनाउने मतदातालाई धन्यवाद दिन पालिकाहरुमा पुगिरहेका छन् ।

मतपरिणाम सार्वजनिक पछि जनप्रतिनिधि पालिकाको विभिन्न गाउँगाउँ चोक चोकमा पुगिरहेका छन ।

मतपरिणाम सार्वजनिक भएपछि पालिका कमिटी ,वडा कमिटीको निमन्त्रणामा धन्यवाद सभा तथा र्यालिमा सहभागी जनाउदै जनताको घरदैलोमा पुगेर जनतालाई धन्यवाद दिदै आईरहेका छन् ।

सोहि क्रममा सागुरीगढी गाउँ कमिटीको आयोजना सम्पन्न मतदाता भेटघाट तथा धन्यवाद सभा र्यालिमा सहभागी हुदै नवनिर्वाचित प्रतिनिधि सभा ,प्रदेश सभा सदस्यहले धन्यवाद ज्ञापन गरेकाछन् ।

कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष एवम निर्वाचन परिचालन कमिटी संयोजक चिन्तन तामाङ लगायत प्रदेश , जिल्ला ,पालिका र वडा स्तरीय नेताहरूको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।