धनकुटा (क्यान)को अध्यक्षमा विजय शेखर निर्वाचित
धनकुटा । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) धनकुटाको अध्यक्षमा विजय शेखर श्रेष्ठ निर्वाचित हुनु भएको छ । आईतवार धनकुटामा सम्पन्न क्यानको दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तैगरी उपाध्यक्षमा सुवास मगर,सचिवमा प्रकाश निरौला,कोषाध्यक्षमा उमा दाहल,सह-सचिवमा शिशिर श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिपक घिमिरे, अविनाश श्रेष्ठ लगायत रहेका छन् । केन्द्रिय प्रतिनिधिमा मोहन प्रसाद घिमिरे निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक तथा केन्द्रिय प्रतिनीधि राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।
दोस्रो अधिवेशन समापनको अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,केन्द्रिय प्रतिनिधि तथा धनकुटा पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली,एकोरावका १ नं प्रदेश अध्यक्ष विदुर खवास, फोनिजका प्रदेश १ का अध्यक्ष सन्तवीर लामा,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल ,सहसचिव इश्वर थापा लगायतले नवनिर्वाचित कार्य समितिलाई शुभ कामना दिदै धनकुटामा नमुनाको रुपमा काम गर्ने सुझाव दिएका छन् ।
हराउँदै गयो हातले गाँसेका दुनाटपरी
कावासोती, १९ मङ्सिर (रासस) ः
प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् ।
मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो ।
धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।
पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला सहर, बजारमा मात्र नभई गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको कावासोती–११ का ७५ वर्षीय फेमनारायण पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गासिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।”
उमेरले ८२ वर्ष पुग्नुुभएकी देवचुली–१५ की हरिमायाँ भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गासेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको बताउनुहुन्छ । चाडपर्वमा घरमा आउने पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उहाँको गुनासोे छ ।
कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । “पहिला पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन की भन्ने पिर लाग्छ”, उहाँले भन्नुभयो ।
केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । विगतमा दुनाटपरी बनाएर पु¥याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको विगत १२ वर्षदेखि कर्मकाण्ड गराउदै आउनुभएका पण्डित रिमप्रसाद आर्चाय बताउनुहुन्छ । दसैँ, तिहारलगायतका चाडपर्व, विवाहा व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आर्चाय बताउनुहुन्छ । उहाँले भन्नसभयो , नयाँ पुस्तालाई पात गाँस्न सिकाउनुपर्छ । ”


