धनकुटामा एक व्यक्ति मृ’त फेला

धनकुटा । धनकुटामा एक व्यक्ति मृ’त फेला परेका छन् । मृ’त फेला पर्नेमा राजकुमार मगर नामले बोलाईने गरेको करिब ३५-४० वर्षका युवा रहेका छन् ।

जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं ५ भद्रासेमा भेडेटार- रवि-राके सडक खण्ड अन्र्तगत सडक निर्माण आयोजनामा मजदुरी काम गर्दै आएका उनि सुतिरहेकै अवस्थामा मृ’त फेला परेको प्रहरीले जनाएको छ ।

उनि सुतिरहेकै अवस्थामा मृ’त्यु भएको भन्ने खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यलय राजारानीबाट प्रहरी निरिक्षक सहित टोली खटिई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको र अहिले पनि त्यही शव राखिएको प्रहरीले जनाएको छ ।

मृ’तकको वास्तविक नाम, थर, ठेगाना नखुलेको कारण कसैले चिने जिल्ला प्रहरी कार्यालय धनकुटा वा मोबाईल नं ९८५२०९०१६७ सम्पर्क गर्न आग्रह गरिएको छ । प्रहरीका अनुसार मृतकको गोरो वर्ण, मङगोल अनुहार, ५ फिट १ ईन्च उचाई रहेको छ भने हरियो रङको स्वेटर र कालो पेन्ट लगाएका छन् । उनि मंशिर १६ गते मृ’त फेला परेका हुन् ।


तस्बीर :जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक

यो पनि…
तरकारीका बिरुवा बेचेर मनग्य कमाइ
रामपुर (पाल्पा), १९ मङ्सिर (रासस) ः सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।

रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम कमाउन सकिने भएपछि उहाँले यो व्यावसायलाई २२ वर्षदेखि धान्दै आउनुभएको छ । करिब एक रोपनी जग्गामा बिरुवा उत्पादन गर्नुभएका दुवाडीले यस पटक रु दुई लाख ५० हजार बराबरको आम्दानी हुने बताउनुहुन्छ ।

“प्याज, काउली, बन्दाको माग धेरै छ, मागअनुसार पु¥याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन”, उहाँले भन्नुभयो, “मङ्सिर सुरु भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेल्ने बेच्ने काममा दैनिकी बितेको छ ।” सानो लगानीमा रु तीनदेखि चार महिनामा लाखौँ कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यावसायमा निरन्तर लागिरहेको दुवाडी बताउनुहुन्छ । यस पटक बीउ खरिद, मलजलसहित करिब रु ३० हजार नर्सरीमा लगानी परेको छ ।

“लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवार साथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ”, उहाँले भन्नुभयो । उमेरले उहाँ ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उहाँको जोँश, जाँगर जवानीकै जस्तो देखिन्छ । बिरुवा हेरचाह रेखदेख र बिक्री गर्दै उहाँको दिन बित्ने गरेको छ । बिना तालिम उहाँले सो व्यवसाय अगाडी बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रुपमा चिनिनुभएको छ । अहिलेसम्म कुनै सङ्घ संस्था, निकायबाट सहयोग भने उहाँले पाउनुभएको छैन । समयानुसार विभिन्न जातका बिरुवा उत्पादन गर्नुहुन्छ ।

व्यावसायिकरुपमा बिरुवा उत्पादन गर्न थालेपछि दिनहुँ हातमा दाम र समाजमा राम्रंो पहिचान बनेको उहाँका श्रीमती मतिकला दुवाडी बताउनुहुन्छ । काठमाडौँ, पोखरा, गोरखा, चितवन, बुटवलमा पनि बिरुवा पठाउनुभएको छ । दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ । पाल्पाको निस्दी गाउँपालिका–१ डमराका यामबहादुर खाणले बर्सेनि यहीँबाट प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताउनुहुन्छ ।

“अन्य ठाउँको तुलनामा यहाँ उत्पादन भएको बिरुवाले राम्रो फल दिने गरेकाले हरेक वर्ष यसै समयमा टाढा भए पनि गाडीमा नर्सरीमै आएर बिरुवा खरिद गर्ने गरेको छु, राम्रो बिरुवा भएकाले रोपेपछि म¥यो, फल लागेन भन्ने पिरलो छैन”, उहाँले भन्नुभयो ।

व्यवसायमा निरन्तर लागियो भने सफलता पाइन्छ भनेझैँ तरकारीको बिरुवा उत्पादन गरेर एक उदाहरणीय पात्र बन्नुभएको छ, दुवाडी दम्पत्ति । उहाँको व्यावसाय देखेर अहिले छिमेकीले बिरुवा उत्पादन प्रविधिबारे ज्ञान सीप सिक्न आउने गरेका छन् ।

रामपुर–५ बसपार्क बस्ने सिर्जना मरासिनीले पनि १५ वर्षदेखि बिरुवा उत्पादन गर्दै आउनुभएको छ । हरेक वर्ष काउली, बन्दा, गोलभेँडा, प्याज, लहेरबाली, काक्रालगायतका समयानुसार विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गर्नुहुन्छ । एकयाममै उहाँले बिरुवा बेचेर रु एक लाख बराबरको कमाइ गर्नुहुन्छ । हालैमात्र रु ७० हजार बराबरको काउली, बन्दा, प्याज बिक्री गर्र्नुभएको छ ।

कम लगानी र मेहनतमा लाखौँ कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनलाई जोड दिएका हुन् । तरकारी उत्पादनको तुलनामा बिरुवाबाट धेरै फाइदा हुने गरेको कृषक बताउँछन् । छोटो समयमा थोरै लगानीमा सिजनअनुसार विभिन्न जातका बिरुवा उत्पादन गरेर लाखौँ आयस्रोत भित्रन थालेपछि आर्थिक क्षेत्रमा कृषक अब्बल बन्दै गएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।