धनकुटामा विमा कम्पनीहरुले पशु बिमा गरेको दावी भुक्तानी गर्न विभिन्न वहानामा किसानलाई दुःख दिने गरेको गुनासो

धनकुटा । धनकुटाका कृषकहरुले कुनै कुनै विमा कम्पनीहरुले बिमा गरेको दावी भुक्तानी गर्न विभिन्न वहानामा किसानलाई दुःखदिने गरेको गुनासो गरेका छन ।

धनकुटाका किसानहरुलाई पशु बिमा सम्बन्धि जानकारी दिने लक्षका साथ धनकुटामा सञ्चालित अभिमुखिकरण कार्यक्रमका सहभागि किसानहरुले त्यस्तो गुनासो गरेका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । उनीहरुले पशुबिमा गरेका कृर्षकहरुलाई विना झनझट दावि भुक्तानी दिनु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रतिनिधिहरुले किसानहरुलाई सेवाप्रदान गर्न विमा कम्पनीहरुलाई आग्रह गरेका छन ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, कृषि विकास बैकका प्रमुख केदार प्रसाद धिताल, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, जिल्ला बंगुर व्यवसायी संघका अध्यक्ष रुजन राई, विमा कम्पनीका शाखा प्रमुखहरु, सञ्चारकर्मी तथा जिल्ला स्थित सरोकारवाला तथा किसानहरुको उपस्थीती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।