किराँत समुदायको ऐतिहासिक स्थल ‘प्रिमाकोटगढी’ ओझेलमा

खोटाङ, २३ मङ्सिर (रासस) ः रावाबेँसी गाउँपालिका–६ हौँचुर स्थित किराँत समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ । किराँती राजा कुम्राहाङले शासन गरेको किराँत समुदायको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको प्रिमाकोटगढी प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको हो ।

घोप्ट्याएको पाथी आकारको डाँडामा रहेको प्रिमाकोटगढी देउरालीडाँडाबाट जङ्गल र झाडी पार गर्दै पुगिन्छ । जङ्गलबीचमा दुईतिर बङ्करको अवशेष रहेको छ ।

अग्लो डाँडामा रहेको दुई बङ्करका बीचमा अवशेषको रुपमा रहेको दरबारको चरको ढुङ्गा यत्रतत्र छरिएर रहेका छन् । गढी आसपासमा रातो माटो झिक्नेक्रममा कहिलेकाहीँ खिया लागेका तीर भेटिने गरेको स्थानीय सुरेन्द्र राई बताउनुहुन्छ ।

प्रिमाकोटगढीमा हाल घुमफिर र अवलोकनका लागि स्थानीय बासिन्दा पुग्ने गरेका छन् । प्रिमाकोटगढीबाट रावाफाँट, हिमाली शृङ्खला, लामिडाँडा विमानस्थललगायतका ठाउँ अवलोकन गर्न सकिन्छ ।

स्थानीय अगुवाका अनुसार प्रिमाकोटगढी र डुम्रेकोटगढीका राजाबीचमा भएको युद्धमा चतुर प्रिमाकोटगढीका राजा कुम्राहाङले युद्धको अघिल्लो दिन छाला जुत्ता व्यापारी ९सार्की०को भेषमा सुराकी पठाएका थिए । व्यापारीको रुपमा डुम्रेकोटगढी पुगेका सुराकीले त्यहाँका सेनाले लडाइँका लागीतयार गरेका बन्दुकमा राति पानी हालेर भागेको थिए । अर्कोदिन लडाइँमा डुम्रेकोटगढीतर्फका सेनाको एउटा पनि बन्दुक नपड्केको र धनुषवाणको भरमा लड्दा प्रिमाकोटगढीका सेनासँग पराजित भएको इतिहास रहेको छ ।

किराँतको बसोबास रहेको प्रिमाकोटगढी आसपासमा क्रमशः खसक्षेत्री समुदायको बस्ती बढ्दैगएपछि यो गढीलाई देउरालीडाँडा भनेर पनि चिनाइएको छ ।

किराँत समुदायले नै देउराली भन्न थालेपछि प्रिमाकोटगढीको ऐतिहासिकता झनै ओझेलमा पर्दै गएको स्थानीय तुलबहादुर राईले बताउनुभयो । “प्रिमाकोटगढीलाई देउरालीडाँडा भनेर चिन्न थालियो”, उहाँले भन्नुभयो, “किराँत समुदाय आफैले पनि गढीको बारेमा बिस्तृत रुपमा बुझ्न चाहेनन् । यसको संरक्षण गर्न पहल गरेनन् । यही कारण पनि ऐतिहासिक गढी ओझेलमा पर्दै गएको हो ।”

ऐतिहासिक पहिचानसँग जोडिएको गढीको उत्थान र संरक्षणमा हालसम्म औपचारिक रुपमा कुनै योजना बनेको छै्रन । गढीको प्रवद्र्धन गर्दै गाउँपालिकाकै पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर, यसतर्फ कसैको ध्यान पुगेको छैन ।

ओझेलमा परेको प्रिमाकोटगढी, भूमेथान र ऐतिहासिक सुरुङ कुलोलाई समेटेर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष चिरञ्जिवी कार्की बताउनुहुन्छ। “यो किराँत समुदायको ऐतिहासिक ठाउँ हो । यहाँ किराँत सँस्कृति झल्काउने संरचना बनाउने योजनामा छौँ”, उहाँले भन्नुभयो, “दूधकोसी जलाशययुक्त आयोजना बनेपछि जमेको ताल हेर्नसमेत यो ठाउँ उपयुक्त बन्नेछ ।”

हौँचुरमा रहेको प्रिमाकोटगढी, भूमेथान, जुडी महादेव मन्दिर र ऐतिहासिक सुरुङ कुलो लगायत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० गर्ने तयारी गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । पर्यटकीयस्थलको डिपिआर गरेर प्रवद्र्धनको काम सुरु गरिने वडाध्यक्ष कार्कीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।