उदयपुरमा ३ महिला सहित २० जनाले उडाए प्याराग्लाईडिङ

उदयपुर, २६ मंसिर । उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाईलटले एकै दिन प्याराग्लाईडिङ उडान भरेका छन । उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका प्रशिक्षार्थाीले गरेका थिए । कम्पनीबाट विभिन्न कोर्ष गर्ने देशभरका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए ।

    रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाईलटहरुलाई समेत आकर्षित गर्ने उदेश्यले रौताबाट गाईघाटसम्म लामो उडान गरेको राईलाले जनाए । ती विद्यार्थीहरुले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट सीधै गाईघाटसम्मको लामो उडान गरेका थिए । 

   विदेशी पाईलटहरुलाई नेपालमा पनि प्रचुर सम्भावित ठाउँहरु छ भन्ने देखाउँदै बाह्रय पर्यटकको आकर्षण गर्ने उद्देश्यले उडान भरेको जनाइएको छ ।

शनिबार  रौता पोखरीको खर्कमा उडान हेर्न स्थानीयहरु निकै उत्साहित भए । रौता दर्शन गर्न पुगेका आन्तरिक पर्यटकसमेत उडान हेर्न खर्क डाँडामा पुगेका थिए । रौताबाट सीधै गाईघाटमा अवतरण गर्न उडेका प्याराग्लाईडिङहरु हावा र मौसमका कारण गाईघाट पुग्न सकेनन् ।  मौसमको प्रतिकूलताका कारण बरुवा पुल तथा  बेलदोभान बाबरीको फिल्डमै ल्याण्ड गरेका थिए ।

अहिले सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरुले रौताबाट कहिल्यै उडान गरेका थिएन ।  पाईलटहरुलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौताबासीहरुले भव्य स्वागत गरेका थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।