खोटाङमा एकीकृत घुम्ती शिविर प्रभावकारी

खोटाङ, २६ मङ्सिर (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् ।

नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो ।

शिविरमा उपचारका लागि आएका जटिल किसिमका बिरामीलाई विभिन्न प्रकारका औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । पाथेकाका स्थानीय बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा वडा नं ११ खार्मीका सेवाग्राहीले समेत सेवा लिएका छन् ।

नगरपालिकाले वडामै एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि दुई वडाका सेवाग्राही लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले एकीकृत घुम्ती शिविरमार्फत आफ्नै गाउँ÷ठाउँमा सहजरुपले आवश्यक सेवा लिन पाएपछि लाभान्वित भएका हुन् ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले पाथेकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “सङ्घीयताको मर्म भनेकै सिंह दरबारको अधिकार गाउँगाउँमा पु¥याएर नागरिकलाई सेवा उपलब्ध गराउने हो”, उहाँले भन्नुभयो, “नगरका सबै नागरिकलाई सहजरुपमा उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउन हरेक वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

पाथेकास्थित वडा कार्यालयको प्राङ्गणमा आइतबार आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा नगरप्रमुख भट्टराई, पाथेकाका वडाध्यक्ष मुगाधन राई, कार्यपालिका सदस्य अञ्जना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख मोहन राउत, महिला तथा बालबालिका शाखा प्रमुख इरन राई, स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारी सहभागी थिए । एकीकृत घुम्ती शिविर लगेर पाथेका पुगेका जनप्रतिनिधि तथा कर्मचारीलाई पाथेकाका स्थानीय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।

यसैबीच, सरस्वती मावि पाथेकामा बाल क्लब र किशोरी समूहसमेत गठन गरिएको छ । नगरपालिकाको पहलमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले निर्दोष पुरीको अध्यक्षतामा २५ सदस्यीय बाल क्लब तथा सजिना सार्कीको अध्यक्षतामा २५ सदस्यीय किशोरी समूह गठन गरिएको हो ।

नवगठित बाल क्लब र शिकोरी समूहमा आबद्ध किशोर÷किशोरीलाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले बाल विवाह न्यूनीकरणसम्बन्धी तीनदिने सचेतनामूलक तालिमसमेत दिएको छ । तालिमको सहजीकरण शाखा प्रमुख राई र महिला सहायक निर्देशक निर्मला आचार्यले गर्नुभएको थियो ।

तालिममा बाल विवाह न्यूनीकरण गर्ने उपाय, बाल विवाह गर्दा हुने कानुनी सजाय, बाल विवाहले पर्ने सामाजिक, आर्थिक, शैक्षिक तथा पारिवारिक असर, किशोरावस्थामा हुने परिवर्तन, संवेग तथा यसले पार्ने प्रभावलगायतका विषयमा जानकारी दिइएको शाखा प्रमुख राईले बताउनुभयो । “बाल विवाहको घटना नगरमा मात्र नभई जिल्लामै दिनानुदिन भइरहेको छ”, उहाँले भन्नुभयो, “बाल विवाहका घटनालाई रोक्न हरेक गाउँ÷टोलमा सचेतना फैलाउन आवश्यक ठानेर तालिमको व्यवस्था गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा अधिकांश सम्बन्धबिच्छेदका घटना बाल विवाहका कारण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । कम उमेरमा विवाह गर्ने अनि समस्या सिर्जना भएपछि समाधान गर्नसक्ने क्षमता नहुँदा अधिकांश जोडीले सम्बन्धबिच्छेद गर्ने गरेको पाइएको शाखा प्रमुख राईले बताउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।