धनकुटामा उपयुक्त खेल पूर्वाधार नभएको खेलाडीको गुनासो

धनकुटा,२८ मंसिर । अहिले फिफा विश्वकप चलि रहेको छ त्यसको उत्साह, कस्ले खेल जित्छ हार्छ भन्ने बहस साना बाल बालिका देखि बृद्ध सम्म चलि रहेको छ । बिदेशी राष्टका जर्सी लगाउने देखि लिएर झण्डा बोक्नेहरुको समेत चहल पहल देखिन्छ नेपालले अबको कति बर्ष पछि विश्वकप खेल्न मौका पाउँछ भन्ने बहस समेत जता जतै हुने गरेको छ ।

फिफा विश्वकप चलि रहेको समयमै धनकुटामा समेत विद्यालय स्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । खेल प्रति यूवा विद्यार्थीको आकर्षण भइ रहे पनि प्राप्त र व्यावस्थित खेल मैदान नुहदाँ भने खेलाडीहरु निराश भएका छन् । धनकुटा सदरमुकाममा समेत अहिले सम्म प्राय सबै खाले खेल खेलिने मैदानको रुपमा तल्लोटुडिखेल मात्र रहेको छ । यहाँ बिशेषत फुटबल खेलका लागि उपयुक्त भए पनि यहाँ, फुटबल, भलिबल संगै क्रिकेट र अन्य खेल खेल्ने गरिन्छ त्यसले गर्दा खेलाडीहरु लाई प्रशिक्षण खेल खेल्न समस्या हुने गरेको फुटबल खेलाडी दिपेश राईको भनाई रहेको छ ।

प्रत्येक खेलका लागि आवश्यक खेल मैदान नहुदाँ सबै खेल एउटै मैदानमा खेल्दा समस्या हुने गरेको अर्को खेलाडी प्रकाश राई बताउछन् । खेल मात्र होइन विहानको समयमा घुम्न आउने तथा दौडन समेत टुडिखेल मै मानिसहरु आउने हुदाँ झनै समस्या हुने गरेको उनको भनाई छ । जसले गर्दा कुनै पनि खेलका खेलाडीले खुलेर खेल खेल्न नै पाउँदैन्न ।

साथै विभिन्न समयमा हुने प्रतियोगिता मेला महोत्सव, पर्व पनि टुडिखेलमै हुने हुदाँ समस्यै समस्या भएको उनिहरुको भनाई त्यसैले सबै खेलका लागि बैकल्पीक खेलमैदान बनाउँनु पर्ने खेलाडीको माग छ । प्रतिस्पर्धामा जितेका बेला भाषण गर्ने स्थानीय नेताहरूले खेलकुदको विकासका लागि प्रतिवद्ध रहेको जनाउँदै आए त्यसको कार्यन्वयन पक्ष भने धनकुटामा समेत कमजोर देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।