धनकुटा महोत्सवलाई सफल बनाउन सुरक्षा निकाय र सरोकारवाला निकायहरुसंग अन्र्तक्रिया र छलफल

धनकुटा । धनकुटमा १ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ लाई सफल बनाउन आज धनकुटा उद्योग बाणिज्य संघले सुरक्षा निकाय र सरोकारवालाहरुसंग अन्र्तक्रिया र छलफल कार्यक्रमको आयोजना गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघले स्थानीय सरकार र सरोकारवाला निकाय तथा कार्यालयहरु र संघ संस्थाहरुको सहयोगमा आगामी माघ ६ गते देखी १६ गते सम्म धनकुटामा १ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ को आयोजना गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदेशनी एवं धनकुटा महोतसव २०७९ लाई सफल बनाउन धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल लगायत सुरक्षा निकायहरुसंग छलफल गरी कार्यक्रमको उदेश्य सहित विस्तृत कार्यक्रम सम्वन्धि परियोजना प्रस्तावहरु समेत प्रमुख जिल्ला अधिकारी कटेललाई बुझाएको छ । सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,सचिव श्रीराम रायमाझी,कार्यकारी सदस्य अम्विका धमला लगायतले प्रमुख जिल्ला अधिकारी कटेल र सुरक्षा निकायहरुलाई उक्त बिषयमा जानकारी गराउनु भएको थियो ।

यसैगरी धनकुटा उद्योग बाणिज्य संघले धनकुटा स्थित राजनैतिक दलहरु र सरोकारवाला कार्यालय तथा संघ संस्थाहरुसंग पनि छलफल तथा अन्तक्रिया गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको अन्र्तक्रिया तथा छलफल कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले व्यक्त गर्नु भएको थियो भने महोसत्व सम्वन्धि सचिव श्रीराम रायमाझीले प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि तथा सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,नेकपा एमालेका जिल्ला सदस्य तथा उद्योग बिभागका प्रमुख लालचन्द्र गोङ्वा तामाङ्ग,जनता समाजवादी पाटी धनकुटाका कोषाध्यक्ष सरोज आठपहरिया,नेकपा एकिकृत समाजवादी धनकुटका जिल्ला सचिव तथा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी लगायतका नेताहरुले महोत्सवलाई सवैको सहभागीता र सहयोगमा भव्य रुपमा सम्पन्न गर्नका लागी सहयोग गर्ने वताउनु भयो ।

यसैगरी नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निल वहादुर थापा,नेपाल रेडक्रस सोसाईटी धनकुटाका विष्णु कृष्ण जोशी,घरेलु तथा साना उद्योग कार्यालय धनकुटका प्रमुख इश्वर थापा,भेटनरी अस्पाल धनकुटाका लोक नाथ ढुंगाना, कृषि ज्ञान केन्द्रका सुरज खनाल,राष्टिय अनुसन्धान धनकुटाका राजेन्द्र प्रसाद कोईराला,जिल्ला प्रहरी कार्यालय धनकुटाका अनिल कुमार शाह,सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका राज कुमार वस्नेत लगायतले महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागी प्रचार प्रसारलाई व्यापक बनाउनु पर्नेमा जोड दिदै महोसत्वलाई सफल बनाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने वताउनु भयो ।

१ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ मा स्थानीय उद्योगहरुले र बहुराष्टिय कम्पनी तथा उद्योगहरुले उत्पादन गरेका समाग्रीहरु,हस्तकलाका समाग्रीहरु,कृषि तथा पशुजन्य वस्तुहरु र समाग्रीहरु फलफुलहरु प्रर्दशनीमा राखिने र स्थानीय देखी राष्टिय स्तरका कलाकारहरुले गित संगित प्रस्तुत गर्ने र जातिय भेष भुषा तथा झाकीहरु प्रर्दशन गरिन र जातिय परिकार तथा नेपाली खानका परिकारहरु समेत राखिने अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

प्रर्दशनका लागी १सय५० वटा स्टलहरु रहने र साथमा बालबालिकाहरुका लागी रमाईले बाल उद्यान समेत रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक श्रीराम रायमाझीले वताउनु भयो ।

महोत्सवलाई भव्य रुपमा सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरेको र २५ सदस्यीय सचिवालय समिति र आवाश्यक विभिन्न समितिहरु समेत गठन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।