खोटाङ आ’गला’गीको घटनाले दुःखित छु: मन्त्री कार्की
पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्छ
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले खोटाङ आ’गला’गीको घटनाले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री कार्कीले एस्तो बताउनुभएको हो ।
मन्त्री कार्कीले आ’गला’गीले मानविय क्षति नभए पनि भौतिक संरचनाका साथै विस्तारित बजार क्षेत्रलाई क्ष’ति पूर्याएको बताउँदै पी’डितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभयो ।
गएराति जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ४ बाक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आ’गला’गीले बजार क्षेत्रका ५ घर जलेर नस्ट भएका छन् ।
त्यहाँ सञ्चालनमा रहेका विभिन्न पसल र संस्थाका कार्यालय समेतमा पूर्ण र आंशिक गरी ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।

यो पनि…
पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन–मुख्यमन्त्री राई
विराटनगर, ५ पुस(रासस) :प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेस सरकारसँगको बजेटको सीमितताले सञ्चार क्षेत्रमा चाहे अनुसार धेरै काम गर्न नसकेको पनि उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवी पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको कुरामा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल र महासङ्घ प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने धारणा राख्नुभयो ।


