धनकुटाका किसानले एकल उत्पादन र सामुहिक ब्यबस्थापनमा सघाउन गरे आग्रह

धनकुटा, ८ पुस । धनकुटाका किसानले एकल उत्पादन र सामुहिक ब्यबस्थापनमा सघाउँन सरकार संग आग्रह गरेका छन् ।

सामुहिक बजारीकरणका लागि संस्थागत संरचना तयार नहुँदा आफूहरु सधै ठगिने गरेको गुनासो समेत गरेका छन् । शुक्रबार धनकुटामा आयोजित तरकारी बजार संचालन कार्यबिधि माथिको छलफलमा बिचौलियाका कारण तरकारी, फलफूल तथा दूध उत्पादक किसानले उत्पादनको लागत नै नपाउँने र उपभोक्ताले समेत चर्को मूल्य तिर्नु परिरहेको गुनासो गरेका हुन् ।

उत्पादक, आपूर्तीकर्ता र संकलन केन्द्रलाई ब्यबस्थित गरि कृषि उपज बिक्रिका बिद्यमान समस्या समाधान गर्नकालागि दिगो र संस्थागत संरचना बनाइनु पर्ने माग उनिहरुको छ ।

यो पनि…
धौलागिरि क्याम्पसमा सुविधा सम्पन्न पाँच तले भवन बन्दै
गलकोट, ८ पुस (रासस) :धौलागिरि क्याम्पसमा रु १० करोड लगानीमा पाँचतले भवन निर्माण हुने भएको छ । पुनःनिर्माण प्राधिकरणको लगानीमा क्याम्पस परिसरमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।

नयाँ बन्ने भवनमा २४ वटा कक्षाकोठाका साथै सभाहल, प्रशासनिक कक्ष र विभागीय कक्ष रहने क्याम्पस प्रमुख प्रध्यापक डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

विसं २०१९ मा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा हाल अध्यापनका लागि कक्षाकोठाको अभाव भएको उपाध्यायको भनाइ छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका क्याम्पसका संरचना पुनःनिर्माणका लागि सात वर्ष कुर्नुपरेको उहाँले बताउनुभयो । क्याम्पसको पुरानो भवनमा रातो स्टिकर अझै पनि छ । क्याम्पसले सानासाना भवन बनाउँदा जग्गामात्रै खर्च भएको जनगुनासोपछि क्याम्पसको निरन्तरको पहलकदमीबाट पाँचतले सुविधा सम्पन्न भवन निर्माण गर्न थालिएको हो ।

“विज्ञान सङ्काय तथा बिबिए कार्यक्रमका लागि बढी कक्षाकोठा आवश्यक छन्”, प्रध्यापक डा उपाध्यायले भन्नुभयो, “बिबिए र बिएका कक्षा चलाउन अझै पनि समस्या छ, दुई वर्षभित्र भवन पुनःनिर्माण सम्पन्नपछि समस्या हट्ने विश्वास लिएका छौँ ।”

पुराना संरचना भत्काउने र नयाँ भवन निर्माणपछि क्याम्पस शैक्षिक गुणस्तर वृद्धिमा बढी केन्द्रित हुने उहाँको भनाइ छ । बालमन्दिर विद्यालयसँग जोडिएको झण्डै एक रोपनी जग्गामा नयाँ भवन निर्माण हुनेछ । भवन पुनःनिर्माणपश्चात् बिएड र बिबिए कार्यक्रमलाई बिहान पढाउन सहज हुने क्याम्पसको भनाइ छ ।

क्याम्पसले नयाँ शैक्षिक कार्यक्रमका लागि स्थानीय स्रोत जुटाउन बहुउद्देश्यीय भवन समेत बनाएर भाडामा लगाएको छ । हाल क्याम्पसमा ३७ वटा कक्षा एकैसाथ सञ्चालन भइरहेका छन् । क्याम्पसले बिबिए कार्यक्रमतर्फ शतप्रतिशत विद्यार्थीले नतिजा दिइरहेकाले सुविधासम्पन्न भवनले विद्यार्थीलाई अध्ययनमा अझै सहज हुने क्याम्पसका बिबिए संयोजक तथा उपप्रध्याक विप्लब शर्माले जानकारी दिनुभयो ।

क्याम्पसमा अत्याधुनिक पुस्तकालय बजेट अभावमा अलपत्र अवस्थामा छ । तत्कालीन सांसद विकास कोषबाट निर्माण गरिएको भवन सरकारले संसद् विकास कोष खारेज गरेपछि अलपत्र परेको हो ।

क्याम्पसले आगामी शैक्षिक सत्रदेखि छात्राबासको व्यवस्था गर्ने भएको छ । टाढाबाट आएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्राबासमा प्राथमिकता दिने क्याम्पसले जनाएको छ । क्याम्पसमा हाल दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।