धनकुटा महोत्सवलाई सफल बनाउन धनकुटा नगरका वडाध्यक्षहरुले सहयोग गर्ने

धनकुटा । धनकुटा महोत्सव तथा प्रादेशिक औद्योगिक व्यापार मेला एवं कृषि प्रर्दशनी २०७९ सफल बनाउन धनकुटा नगरका वडाध्यक्षहरुले सहयाेग गर्ने भएका छन् । महाेत्सवकाे विषयमा धनकुटा उद्योग बाणिज्य संघले नगरका वडाध्यक्षहरुसंग गरेकाे अन्र्तक्रियामा उनिहरुले त्यस्ताे बताएका हुन् ।

अन्तरक्रियामा वडाध्यक्षहरुले धनकुटा महोत्सवले जिल्लामा पर्यटन प्रवद्धन गर्ने र यहाँ उत्पादित वस्तु तथा समाग्रीहरुको बजार प्रवद्धन हुने बताएका छन् ।
उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे,वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष मिलन कुमार खड्गी,वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,वडा नं. ८ का वडाध्यक्ष रस कुमार राई,वडा नं. ९ का वडाध्यक्ष टंक रोईला,वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे लगायतले धनकुटा महोत्सव तथा प्रादेशिक औद्योगिक व्यापार मेला एवं कृषि प्रर्दशनीले जिल्लाको गौरव र पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै अाफुहरुकाे सहयोग रहने वताए ।

अन्तरक्रियामा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले राख्नु भएको थियो । धनकुटा महोत्सव तथा प्रादेशिक औद्योगिक व्यापार मेला एवं कृषि प्रर्दशनी २०७९ आगामी माघ ६ देखी माघ १६ गते सम्म धनकुटा टुडिखेलमा हुँदैछ ।

लमहीको जैविक विविधता पार्कमा अवलोकनकर्ता बढे
भालुवाङ, ९ पुस (रासस) :लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ ।

पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो । वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने प्रकारका संरचनासमेत निर्माण भएका छन् । सामुदायिक वनले ३० बिघा क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

“पार्क व्यवस्थित बनाउनअझै थुप्रै काम रहेको छ । मेरो पदावधिभित्रै काम सक्ने लक्ष्य लिएको छु, कतिसम्म पूरा हुन्छ”, रिजालले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर सामुदायिक वनको आयस्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो । आर्थिक वर्ष २०७५÷०७६ मा त्यस पार्कमा करिब २० हजार पर्यटकले भ्रमण गरेको तथ्याङ्क सामुदायिक वन कार्यालयसँग छ ।

आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । भारतको लागि कोइलावास नाका मुख्य प्रवेशद्वार हो । जसलाई राप्तीको प्रवेशद्वारा मानिन्छ । यो पार्क व्यवस्थित गर्नसके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । भारतमा विष्णु र शिव भगवान् मान्नेको ठूलो समुदाय छ । तिनलाई राप्तीको प्रवेशद्वार कोइलावास नाका हँुदै नेपालको विभिन्न धार्मिकस्थलमा ल्याउन सकिने र यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा हेर्न थालिएको स्थानीय किशोर गुप्ताले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।