धनकुटाका बुद्दिमान करिब एक महिना देखि सम्पर्क विहिन

धनकुटा । धनकुटाका एक ब्यक्ति बेपत्ता भएका छन् । जिल्लाको सांगुरीगढी गाउंपालिका २ का ६५ बर्षीय बुद्दिमान विश्वकर्मा करिव १ महिना देखि परिवारसंग सम्पर्क विहिन भएका हुन् ।

वहां घरबाट कान्छो छोराको घर काठमाण्डौ जान्छु भनि हिंड्नु भएको तर यति भइसक्दा न काठमाण्डौ पुग्नु भयो न फेरि घर नै फर्किनु भयो वहांका नाती सुमन विश्वकर्माले धनकुटा खबरलाई बताउनु भयो ।

बेपत्ता बुद्दिमानको श्रीमति पनि काठमाण्डौ मै कान्छा छोराको घरमा बस्ने भएकोले श्रीमतिलाई लिएर आउंछु भन्दै हिंडेका थिए ।

बेपत्ता बुद्दिमानलाई कतै कसैले देख्नु वा भेट्नु भए नजिकैको प्रहरी चौकीमा बुझाइदिनु हुन वा नाति सुमन विश्वकर्माको सम्पर्क नम्बर 9804364263,
9849131065 मा खबर गरिदिएर सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।

यो पनि…
पर्यटकको आकर्षणको केन्द्र महावै पाटन
मान्म, ९ पुस (रासस) :कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षायाममा मनोमोहक रहने गरेको छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो ।

महावै पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको छ । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन् । कालीकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ ।

पाटनको बीचमा रहेको ढुङ्गामाथि शिवको मन्दिर रहेको छ । हरेक वर्ष जनैपूर्णिमा मेलाका अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्दछ । शिव मन्दिरलाई यहाँका स्थानीयले महावु जगन्नाथ भन्ने गरेको र महावै जगन्नाथलाई महादेवको प्रतीकका रुपमा लिने गरिएको महावै गाउँपालिका–२ ओदाका कर्णबहादुर सिंहले बताउनुभयो । “पूजा गरे वा प्राथना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ”, उहाँले भन्नुभयो, “शिव मन्दिरको मेलाका भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमा दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेत जिल्लाबाट श्रद्धालु आउने गर्नुहुन्छ ।”

महावै पाटन सबै मौसममा उत्तिकै मनोमोहक रहने भएकाले पर्यटकले जहिले पनि उत्तिकै मनोरञ्जन लिन सकिने महावै गाउँपालिका–१ का सर्पराज सिंहले बताउनुभयो । “वैशाख, जेठ, असार, साउन र भदौ महिनामा पाटनमा पुग्ने जोकोहीलाई पनि सुन्दरताले स्तब्ध पार्छ”, उहाँले भन्नुभयो ।

देशका सय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावुधाम समेटिएको र भौतिक पूर्वाधारलगायतको विकासमा पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “यहाँको पर्यटन विकासका लागि हामीले धर्मशालालगायतका अन्य भौतिक संरचना निर्माणका लागि पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेको छ ।”

महावै पाटनलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन रु चार अर्ब बराबरको रकम आवश्यकपर्ने गाउँपालिका अध्यक्ष लछुमन गुरुङले जानकारी दिनुभयो । “धाममा धर्मशाला, सडक र मन्दिरलगायतका अन्य संरचना निर्माणका लागि ठूलो रकमको आवश्यकता रहेको छ”, उहाँले भन्नुभयो, “हाल सङ्घीय सरकारको आयोजनामा दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको छ, त्यसको स्तरोन्नति आवश्यक रहेको छ ।”

महावै पाटनबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिने र मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगञ्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने गरेको कालीकोटको महावै गाउँपालिकाका दुर्गाप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

महावैमा वर्षा याममा जानेका लागि कालीकोट र दैलेखबाट चरनका लागि भेडाबाख्रा तथा गाईभैँसीका गोठमा बस्न सकिने कालीकोटको शुकालिका गाउँपालिकाका नरप्रसाद आचार्यले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।