एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

विराटनगर, १० पुस । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । 

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी  थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी
वीरगञ्ज, १० पुस (रासस) :यहाँ सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी हुनुभएको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उहाँको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयी हुनुभयो ।

मानन्धर पाँच सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले दुई सय ९७ मत ल्याउनुभयो । मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी हुनुभयो ।

यस्तै एक हजार दुई सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चार पदका लागि नौ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह सान्वा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी हुनुभयो । उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित हुनुभयो ।

यसैगरी १२ उपाध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी हुनुभयो ।

महाधिवेशनबाट एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष गरी १७ पदका लागि शनिबार मतदान भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖