धनकुटा महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला,१५० स्टल रहने

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरेको छ ।

संघले स्टल बुकिङ खुल्ला गर्दै धनकुटामा सेवा प्रवाह गरीरहेका इन्टरनेट कम्पनीहरुसंग अन्र्तक्रिया तथा छलफल पनि गरेको छ । आफुले उत्पादन गरेका समाग्री तथा वस्तुहरु प्रदर्शन गर्न, खानाको परिकार राख्न स्टल लिन इच्छुक सम्पूर्ण व्यापारी,व्यावसायी तथा उद्योगीका लागि स्टल बुकिङ्ग गर्न खुल्ला गरेको हो ।

संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्षहरु कृष्णराज श्रेष्ठ,निर्मला राई,महासचिव राम गोङ्वा,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ,उज्वल कर्माचार्य लगायतले धनकुटा महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न सवैले आ- आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

सो अवसरमा वल्ड लिङ्ग इन्टरनेट कम्पनीका प्रतिनीधि सन्तोष शर्मा,रबिन कुमार विराजी,सुविसु इन्टरनेट कम्पनीका खगेन्द्र लुईटेल(कृष्ण) ,टेक माईन्ड कम्पनीका जिवन तामाङ,नारायण दाहाल लगायतले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने वताए ।

महोत्सवमा समाग्रीहरु प्रदर्शन र विक्रीका लाग स्टल राख्न इच्छुक उद्यगी व्यापारी तथा व्यावसायीहरुलाई धनकुटा उद्योग बाणिज्य संघको कार्यालयमा स्टल बुकिङ्ग गर्न सम्पर्क गर्न समेत आव्हन गरेको महोत्सव प्रचार प्रसार समितिका संयोजक श्रीराम रायमाझीले वताउनु भयो ।

औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवमा प्रर्दशनी र विक्रीका लागि१ सय ३० र खानाको २० वटा स्टल रहने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।