छथरजोपाटी गाउँपालिकामा बसाई आउनेलाई उपहारमा लैनो गाई

धनकुटा,१३ पौष । धनकुटाको छथरजोपाटी गाउँपालिकाले गाउँपालिका बाट बराई सराई गर्नेको संख्या बढ्दै गएपछि गाउँपालिकामा बसाइ सराई गरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार दिन थालेको छ ।

बसाई सराई गर्नेलाई वाइवाइ आउनेलाई दुहोनो गाई कार्यक्रम मार्फत बसाई सराई गरि आउनेहरु लाई दुहुनो गाई दिन थालेको हो ।

कार्यक्रम लागु भए यता गाउँपालिकामा बसाई सराई गरि आउने ३५ परिवारले उपहारमा दुहुना गाई लिई सकेको गाउँपालिकाको पशुपन्छि विकास शाखा प्रमुख राजकुमार राईले बताए ।

गाउँपालिकामा बसाई सराई आएको ३ महिना पछि आवश्यक सर्त पुरा गरेकाले गाउँपालिका बाट गाई उपहार पाउँने गरेका छन् । गाई उपहार पाए संगै बसाई सराई गरेर आउने हरु समेत खुसी भएका छन् ।

तेह्रथुमको सुदापबाट बसाई सराई गरी आएकी विमला बस्नेतले भनिन् दुध बिक्रिका लागि समस्या नभएकोले उपहारमा पाएको दुहुना गाई संगै अरु गाई थपेर ब्यवसायिक बन्ने योजना रहेको छ ।

गाउँपालिकाले अन्यत्रबाट बसाईसरी आएका नागरीकलाई दुहुना गाई उपहार दिएपछि अन्यत्रबाट छथरजोरपाटी गाउँपालिका भित्रिनेको संख्यामा पनि बृद्धि हुदै गएको छ ।

पालिकाले सुरु गरेको दुहुना गाई उपहार कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिकाका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले बताउनुभयो । उहाँले भन्नु भयो बसाइ सराई गरी आउने लाई गाई उपहार दिने कार्यक्रम छथरजोरपाटी गाउँपालिकामा प्रभावकारी बनेको छ ।

धनकुटाका सातवटै स्थानीयतहमध्ये छथरजोरपाटी गाउँपालिकामा बसाइसराईको दर बढि छ । आन्तरिक र बाह्य बसाई सराँइ तिब्र बनेपछि गाउँ शून्य बनाएर हिड्ने प्रवृति रोकेर आउनेलाई प्रोत्साहन गर्न दुहुना गाई दिन थालिएको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो ।

उहाँले भन्नु भयो लामो समय देखि चलि आएकको तिब्र बसाई सराई रोक्ने र बसाई सराई गरेर आउनेहरु लाई आर्थिक उपार्जनमा समेत सहयोग गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको छ ।

आफै गाई खरिद गर्न चाहनेलाई गाउँपालिकाले अधिकतम ६१ हजार रुपैयाँ नगद दिने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।