धनकुटामा हुने प्रादेशिक औद्योगिक व्यापार मेलालाई विराटनगर महानगर सहित विभिन्न संघ संस्थाले सहयोग गर्ने

धनकुटा । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवलाई विराटनगर महानगरपालिका नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं १ विराटनगरले पनि सहयोग गर्ने भएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला,इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ विराटनगरका उपाध्यक्ष राजेन्द्र राउत सँग धनकुटा उद्योग बाणिज्य संघको टोलिले विराटनगरमा गरेको छुट्टा छुट्टै भेटघाटको क्रममा उनिहरुले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने वताएका हुन् ।

भेटको क्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,उपाध्यक्ष निर्मला राई,महासचिव राम वहादुर गोङ्वा लगायतले महोत्सव सफल बनाउन उउनिहरुलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै टोलीले प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो,वरिष्ठ उद्योगी भेला दुलाल,नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष लिला बल्लभ घिमिरे, अधिकार कर्मी डिक घिमिरे सँग पनि भेटघाट गरी सहयोग गर्न टोलिले आग्रह गरेको थियो ।

आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, १४ पुस (रासस) :पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।