भोलिबाट प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा खाना महोत्सव हुँदै

धनकुटा, १५ पुष । प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा भोलिबाट तीन दिन सम्म खाना महोत्सव हुँदैछ । होटल एसोसिएसन भेडेटारले आयोजना गरेको महोत्सव भोली पौष १६ देखि तीन दिन सम्म हुने भएको हो ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहने होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षित गर्न पदयात्रा र साइक्लीङ जस्ता खेलको पनि आयोजना गरिने जनाईएको छ । भेडेटारमा परिकार महोत्सव हुन लागेको यो १० औं पटक हो ।

यो पनि…
शालिनदीमा माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी
काठमाडौँ, १५ पुस (रासस) ःप्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ ।

मेलाको ३५ लाखसम्म आन्तरिक एवं बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । शालिनदी मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

पौराणिक मान्यतामा आधारित यो व्रत एवं मेला राष्ट्रिय महत्व र गौरवको विषय बनेको छ । यो मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिने भएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको छ ।

मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनाका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिने समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था गरिएको छ । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण अध्यक्ष बन्नुभएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो सहरका रुपमा मानिँदै आएको छ । त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रुपमा सञ्चालन हुँदै आएको जनाइएको छ । मेला क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको छ । मेलाको एक हप्तादेखि नै वर्तालुले पूजा पाठ सुरु गर्छन् । यो व्रतलाई कठिन व्रत मानिन्छ । वर्तालुले एक छाकमात्र नुन खान्छन् । जुत्ता चप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ । वर्तालुले सात्विक भोजन गर्छन् ।

व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ता चप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ । यो यात्रा साँखु शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ । मेलाका लागि नगरपालिकाले बजार अनुगमनको जिम्मेवारी लिएको समितिका पूर्वअध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । मेलाका लागि आवश्यक अन्य सहयोग पनि नगरपालिकाले गर्ने वचन दिएको पनि उहाँले बताउनुभयो ।

मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ । मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

मेलामा कोरोनाअघि २० लाख आन्तरिक एवं बाह्य भक्तजन आएका थिए । शालिनदी मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारत एवं दक्षिण एसियाका अन्य मुलुकबाट पनि पर्यटक आउने गरेका छन् । कोरोनाकालमा भने १५ लाख आन्तरिक एवं बाह्य पर्यटक आएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖