भेडेटारमा तीन दिने खाना महोत्सव सुरु
धनकुटा,१६ पुष । प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा शनिबारबाट तीन दिने खाना महोत्सव सुरु भएको छ ।
होटल एसोसिएसन भेडेटारले आयोजना गरेको खाना महोत्सव अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षित गर्न पदयात्रा र साइक्लीङ का साथै सडकमै खाना र सडकमै रमाउने प्याकेज रहेका समेत रहेको जनाईएको छ साथै प्याकेजहरुमा ३० प्रतिशत सम्म छुट र आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भेडेटारका होटलमा २० प्रतिशत सम्म छुटको व्यावस्था समेत रहेको होटल एसोसियसन भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य निरन राईले भेडेटारको पर्यटन विकासका लागि प्रदेश सरकार बाट विशेष योजना ल्याउन पहल गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथी तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटन मैत्री गाउँपालिका बनाउन सवै वडाहरुमा होमस्टे संचालन गरिने धारण राख्नु भएको थियो ।


