थाहा खबर डटकम तथा रेडियो थाहासञ्चार धनकुटा संवाददाता ईश्वर थापा सम्मानित

धनकुटा । थाहा खबर डटकम तथा रेडियो थाहासञ्चार धनकुटा संवाददाता ईश्वर थापा सम्मानित हुनुभएको छ ।

अंग्रेजि नयाँ वर्षको अवसर पारि आजबाट भेडेटारमा शूरु भएको १० औं भेडेटार फुड फेष्टिभलमा उहाँलाई सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट पूर्वको पर्यटकीय स्थल भेडेटारको प्रचारमा सहयोग गरिएको भन्दै होटल एसोसियसन अफ भेडेटारले नेपाल टेलिभिजन संवाददाता समेत रहेका थापालाई नगद सहित सम्मान गरेको हो ।

थापालाई प्रदेश १ का सांसद निरन राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, होटल एसोसिएसन अफ भेडेटारका कार्यबहाक अध्यक्ष शान्ति मादेन लिम्बूले संयुक्त रुपमा सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए। होटल एसोसियसन अफ भेडेटारले हरेक वर्ष हुने फुड फेष्टिभलमा पत्रकारितामा मार्फत भेडेटारको प्रचार गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

यो पनि…
भेडेटारमा तीन दिने खाना महोत्सव सुरु
धनकुटा १६ पुष, प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा शनिबार बाट तीन दिने खाना महोत्सव सुरु भएको छ ।

होटल एसोसिएसन भेडेटारले आयोजना गरेको खाना महोत्सव अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षित गर्न पदयात्रा र साइक्लीङ का साथै सडकमै खाना र सडकमै रमाउने प्याकेज रहेका समेत रहेको जनाईएको छ । साथै प्याकेजहरुमा ३० प्रतिशत सम्म छुट र आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भेडेटारका होटलमा २० प्रतिशत सम्म छुटको व्यावस्था समेत रहेको होटल एसोसियसन भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य निरन राईले भेडेटारको पर्यटन विकासका लागि प्रदेश सरकार बाट विशेष योजना ल्याउन पहल गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथी तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटन मैत्री गाउँपालिका बनाउन सवै वडाहरुमा होमस्टे संचालन गरिने धारण राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖