प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित

विराटनगर, १७ पुस  । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएकाे छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै  सरकार गठनको बाटो खुल्ला भएको हो । 

आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् । 

संविधानको धारा १७८ को उपधारा (१) अनुसार कुनै पनि राजनैतिक दलको बहुमत नभएकाले उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ । आइतबार जारी विज्ञप्तिमा ‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युबाट आह्वान भएको छ,’ पत्रमा उल्लेख छ ।

प्रदेश १ मा सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बन्ने प्रस्ट भएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सिट छ । प्रदेशमा जम्मा ९३ सांसद छन् । सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ । 

नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा रहेका सत्तारुढ दलहरू बाँकी मन्त्रालय र सभामुख उपसभामुखको भागबन्डाको तयारीमा छन् । एमालेको तर्फबाट हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने भएका छन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।