धनकुटा महोत्सवको विषयमा धनकुटा नगरपालिकाका मेयर तामाङ्ग सँग धनकुटा उद्योग वाणिज्य संघको छलफल
धनकुटा । औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवको विषयमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग सँग धनकुटा उद्योग वाणिज्य संघको टोलिले छलफल गरेको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई सहितको टोलि सँग भएको छलफलमा मेयर तामाङ्गले यो महोत्सवले धनकुटा जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभएको टोलिले जनाएको छ । साथै उहाँले महोत्सवलाई सफल बनाउन नगरको तर्फकाट सहयोग रहने समेत बताउनुभयो ।
संघले यसअघि धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापा सहित नगरका वडाध्यक्षहरुसँग छलफल गरिसकेको छ ।
टोलिमा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राई सहित उपाध्यक्ष निर्मला राई,महासचिव राम गोङ्वा तामाङ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी,दिजेश शाक्य,सुनिता थापा,रिदम श्रेष्ठ,उज्वल कर्माचार्य लगायतको उपस्थिती थियो ।


