छथरजोरपाटी गाउँपालिकामा गरियो विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास

धनकुटा,१९ पुष । धनकुटाको छथरजोपाटी गाउँपालिकामा विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटा विपद् व्यावस्थापन समिती धनकुटाको आयोजना तथा छथरजोपाटी गाउँपालिकाको संयोजनमा छथरजोपाटी गाउँपालिकाको चुलाचुलीमा विपद् पूर्व तयारी तथा प्रतिकार्य घटना अभ्यास गरिएको हो ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यासमा जिल्ला समन्वय समिती धनकुटा, धनकुटा नगरपालिका धनकुटा, छथरजोरपाटी गाउँपालिका धनकुटा, भीमदलगण सल्लोरी ब्यारेक धनकुटा, जिल्ला प्रहरी कार्यलय धनकुटा, सशस्त्र प्रहरीबल नेपाल धनकुटा, जिल्ला स्वाथ्य कार्यलय धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, गैसस महासंघ धनकुटा, उद्योग वाणिज्य संघ धनकुटा , नेपाल रेडक्रस सोसाइटी धनकुटाको समन्वयमा कार्यक्रम भएको छथरजोरपाटी गाउँपालिकाका सुचना अधिकारी नेत्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य घटना अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले आगलागी, भूकम्प जस्ता विपदको समयमा हुने गतिविधी प्रस्तुत गरेका थिए भने रेडक्रस संगै सुरक्षा निकायले विपद्का बेला गरिने उद्धारको समेत अध्यास गरेको थियो ।

छथरजोपाटी गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बिशेष अतिथी गाउँपालिकाकी उपाध्यक्ष गिता गरुङ्ग खेवा, जिल्ला प्रहरी कार्यलय धनकुटा, सशस्त्र प्रहरीबल नेपाल धनकुटा, जिल्ला स्वाथ्य कार्यलय धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, गैसस महासंघ धनकुटा, उद्योग वाणिज्य संघ धनकुटा , नेपाल रेडक्रस सोसाइटी धनकुटा लगायत संघ संस्थाका प्रतिनिधी गाउँपालिकाका वडा अध्यक्षहरु राजनैतिकदलका प्रतिनिधी, समाजसेवीहरुको विभिन्न कार्यलयक कर्मचारी उपस्थिीती रहेको थियो कार्यक्रमा स्वागत मन्तव्य छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतमान जिमीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासन अधिकृत एवम् सुचना अधिकारी नेत्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

तस्बिरहरु : सुन्दरमान ढंगोलको फेसबुक बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।