हलेसी तुवाचुङमा पाठेघरको उपचार गर्न घरघरमा स्वास्थ्यकर्मी पठाउने

खोटाङ, २३ पुस (रासस) : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो ।

पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार नगरपालिकाका ११वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । पाठेघरको रोगको पहिचान गर्न तथा त्यसको उपचारका लागि ‘सुनौलो परिवार नेपाल’बाट प्रशिक्षक ल्याई नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

“दोस्रो चरणअन्तर्गत स्वास्थ्यकर्मीलाई आगामी माघ १ देखि ९ गतेसम्म घरघरमा खटाइनेछ”, उहाँले भन्नुभयो । एक सहयोगीका साथ स्वास्थ्यकर्मी वडाको प्रत्येक घरमा पुगेर उपचार प्रक्रिया थाल्नेछन् । आङ खस्ने समस्याको पहिलो र दोस्रो चरण भएमा स्वाथ्यकर्मीले तत्काल रिङप्रेसरी लगाउनेलगायतका उपचार थाल्ने घिमिरेले बताउनुभयो । आङ खस्ने तेस्रो वा चौथो चरणको अवस्थामा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने महिलाको तथ्याङ्क सङ्कलन गरिनेछ ।

तेस्रो चरणअन्तर्गत जिल्ला अस्पताल दिक्तेलमा बाहिरबाट दक्ष चिकित्सक ल्याएर बिरामीको शल्यक्रिया गरिने नगर प्रमुख विमला राईले बताउनुभयो । “नगरपालिकाले आफ्नै लगानीमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो । दिक्तेलमा सम्भव नभए अन्य सुविधा सम्पन्न अस्पतालमा लगेर भए पनि निःशुल्क उपचार गर्ने प्रमुख राईले बताउनुभयो ।

“पाठेघर जोगाउने अभियानमा नगरपालिका लागेको छ”, उहाँले भन्नुभयो, “पाठेघर खस्ने समस्या अधिकांश महिलामा देखिएको छ, यसप्रति नगरपालिका चिन्तित छ ।” गत आर्थिक वर्षमा नगरपालिकाले विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नगरपालिकाले गत आवमा बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मङ्गलटारमा पाठेघर खसेका महिलाको उपचारका लागि शिविर सञ्चालन गरेको थियो ।

“स्वास्थ्य शिविरमा उपचार गर्न आउने महिलाको सङ्ख्या न्यून पाइएकाले अब घरघरमै गएर समस्या पत्ता लगाउँदै उपचार गर्ने कार्यक्रम तयार पारेका हौँ”, नगरप्रमुख राईले भन्नुभयो । अधिकांश महिला रोग लुकाएर बस्ने गरेको पाइएपछि उनीहरुको उपचारका लागि नगरपालिकाले सक्रियता देखाएको हो । हलेसी तुवाचुङमा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाले जनाएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।