अबैध समान बरामद
बिराटनगर, पौष २६ । झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, ईलेक्ट्रोनिक्स समानहरु, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ ।
तिन वटै जिल्लाका सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट अन्दाजी १ लाख ७३ हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको हो । यसैगरी मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको र झापा जिल्लाबाट १ लाख १५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको छ ।
बरामद भएका अवैध सामग्रीहरु आवश्यक कारवाहीको सम्बन्धीत भन्सार कार्यालयहरुमा बुझाईएको छ ।
यो पनि…
बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ
मकवानपुर, २६ पुस (रासस) :बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त दुई मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो । मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्नु हुनेछ ।
नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित हुनुहुन्छ । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा १ र बिनाविभागीय मन्त्री थापा काठमाडौँ क्षेत्र नं ८ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


