भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री कार्कीको भनाइ

विराटनगर, २६ पुस (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा चुस्त एवं दुरुस्त हुने कुरामा जोड दिनुभयो । उहाँले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता आगाडि बढाउने जनाउँदै सरकारले प्रदेश संरचना निर्माणमा पनि विशेष ध्यान दिने बताउनुुभयो ।

उहाँले दलहरुबीच सहकार्य र एकता गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकाले अनुभव र ज्ञानलाई पूर्ण प्रयोग एवं उपभोग गरी प्रदेशलाई व्यवस्थित बनाउँदै लैजाने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको नाम राजनीतिक दलहरुकै सहमति र सहकार्यबाट टुङ्गो लगाउने उल्लेख गर्दै प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार गम्भीर रहेको बताउनुुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले प्रदेशको अवस्था बुझेर जनताको जीवनस्तर उकास्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको औचित्य सावित गर्न प्रदेश सरकारले समृद्धि र सुशासनको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का तर्फबाट रामबहादुर मगरले प्रदेशको नामकरण गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय सरकारले कतिपय कानुन निर्माण गर्न नसक्दा प्रदेश सरकारलाई समस्या भएको बताउनुभयो ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेश सरकार जनताप्रति पूर्णरुपमा उत्तरदायी हुनुपर्ने जनाउँदै सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउन संविधानमा संशोधन हुनुपर्ने माग राख्नुभयो ।

बैठकको प्रारम्भमा प्रदेशसभाका ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डल गनगाइँले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाउनुभयो । उहाँले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ७ बमोजिम सभामुख पदको निर्वाचन यही पुस २८ गते बिहान ११ बजे हुने मिति घोषणा गर्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।