दमकमा आ’गलागीबाट लाखौँ मूल्य बराबरको क्षति

दमक, १ माघ (रासस): दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आ’गलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ ।

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आ’गलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।

आ’गलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

आ’गलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार
कर्णाली, १ माघ (रासस)ःकर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताउनुभएको छ ।

थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “माघी, माघे वा मकर सङ्क्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पु¥याएको छ ।”

बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले बताउनुभएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।