मानव अधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

मोरङ, १४ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रही मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको विचार व्यक्ति गर्नुभयो ।

उहाँले प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व सबैमा रहेको उल्लेख गर्दै संरचनाको सम्बन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउन पहिलो प्रयासका रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौमा झारेकामा हौसला प्रदान गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकूल समयमा सर्वसम्मति वा विधि प्रक्रिया पूरा गरेर राख्ने हुनाले नामका लागि सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । उहाँले नामकरणको समयमा हुने विरोध, आन्दोलन गर्ने गलत कार्यविरुद्ध सरकारलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मञ्चका अध्यक्ष भरत खड्का, केन्द्रीय महासचिव विदुर सुवेदी, संस्थापक सदस्य सुबोध प्याकुरेल, डा नेत्र तिम्सिना लगायतले मानवअधिकार, सामामाजिक न्याय र सङ्घीयता बलियो बनाउने कार्यमा अधिकारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले मानवअधिकार क्षेत्रमा काम गर्ने जनप्रतिनिधिलाई सम्मान गर्नुभएको थियो । अधिवेशनमा प्रदेशका १४ जिल्लाका अधिकारकर्मी र जनप्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।